धेरै खुसी लिएर आँउ

कोशिस मल्टिमेडिया
३ महिना पहिले
धेरै खुसी लिएर आँउ

 

धेरै खुसी लिएर आँउ
तिम्रै आगनमा फुलिरहेको छु
भन्छु म
बेरीराख सधै त्यहि ममतामा
त्यहि मायाले नै सास फेरीरहेको छु
भन्छु म
तिमी विना सबै फिक्का नै छ मलाई
तिमी नै तिमी सदैब प्रेमको मन्दिर बनिरहु
भन्छु म
अथाह घुलिनुमा प्राप्ती बोकेर
जन्म जन्मको यात्रामा भूलिरहु
भन्छु म

विवेकी शर्मा

तपाईको प्रतिक्रिया