काठमाडौं उपत्यकाबाट एक लाख बढीले उपत्यका छोडे

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले
काठमाडौं उपत्यकाबाट  एक लाख बढीले उपत्यका छोडे

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ । दुई दिनको बीचमा झण्डै एक लाख बढीले उपत्यका छोडेको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसोसम्म ५० हजार भन्दा बढीले उपत्यका छोडिसकेका छन् । सोमबार मात्रै ५२ हजारले उपत्यका छोडेको ट्राफिक प्रहरीले तथ्यांक राखेको छ । यो संख्या बुधबारसम्म अझै बढ्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसको संक्रमण पुनः तिब्र बनेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड बढेको छ । बुधबार साँझसम्म उपत्यका छोड्न पाइने भएपछि अझै धेरै व्यक्तिहरु बाहिरिने ट्राफिक प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया