कागेश्वरी मनोहरा नगरपालिकाकामा आज कोभिड १९ को रोकथाम विषयमा छलफल सम्पन्न

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले
कागेश्वरी मनोहरा नगरपालिकाकामा आज कोभिड १९ को रोकथाम विषयमा छलफल सम्पन्न

बैशाख १४ काठमाण्डौँ । कागेश्वरी मनोहरा नगरपालिकाकामा आज कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नगर प्रमुख कृष्ण हरि थापाले सरोकारवालाहरुसंग छलफल गर्नुभएको छ ।

नगर प्रमुख थापाले मुलपानी नगर अस्पतालमा कोभिडको दोस्रो लहरको व्यवस्थापन, संक्रमित विरामीको उपचार गर्न व्यवस्थित जनशक्ति र स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले कोभिड १९को व्यवस्थापन साथै नगरबासीलाई प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहका सम्बन्धमा छलफल भएको बताउनुभयो ।


उक्त छलफलमामा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाका साथै नगर प्रवक्ता राजाराम पुडासैनी लगायत जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी लगायत नगरपालिकामा क्रियाशिल चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया