सामाजिक विकृति संगै काढ़ेतार

कोशिस मल्टिमेडिया
६ महिना पहिले
सामाजिक  विकृति संगै काढ़ेतार

रुपा अधिकारी

नेपालको जुन माटोमा सिता,बुद्ध,भृकुटी आदिले जन्म लिएर विश्व सामु हाम्रो देशको कृतिमान राख्न सफल भए ।आज त्यही माटोमा दुर्गन्ध आउन थालेको छ । दुर्गन्धको रागहरू विकृतिको पर्खाल बनेर यत्रतत्र फैलदै हाम्रो नेपाली समाजलाई झकझकाईरहेको छ।

आधुनिक समाजमा इन्टरनेटको यथेष्ट सुविधा सम्पन्न रहेर नै होला आज भोली समाजमा दिनानु दिन हेर्न समेत लज्जास्पद हुनेखाले घटनाहरू बढी रहेका छन।दिनदहाडै बलत्कार अनी हत्या हिंसा बढीरहेको यो नेपाली समाजले अब कली आरम्भको संकेत दिएकै हो त ? परिवार भित्रका बाबु द्वारा छोरी ,दाज़ु द्वारा बहिनी,मामा द्वारा भान्जी ,देवर द्वारा भाउजु बलत्कृत भएको समाचार त धेरै सुनिए देखिए।अनी जेठाजुले बुहारी काट्ने,लोग्नेले स्वास्नी काट्ने,स्वास्नीले लोग्ने काट्ने,सासुले बुहारी काट्ने,बुहारीले सासु काट्ने जस्ता मानसिकता नै खल्बलिने समाचारहरू नचाहँदा – नचाहँदै पनी हामिले महीनै पिच्छे सुन्दै र देख्दै आऊनु परेको छ।अब त हुँदा -हुँदा आमालेआफ्नो छोराको सन्तान जन्माई न्यायको भिक माग्ने !! छि – छि अब यो समाजमा खुल्ला आँखाले कस्को स्वास गर्ने ? यस्तो समाजमा कसरी सन्तानलाई अनुशासनको बोध गराउने ? हद नै पार गरेर बेइज्जत र बदनामी कमाई सके पछि आत्महत्या गर्नुको साटो फेरी सामाजिक न्यायको लागी कसरी लड्ने ? तिमिहरूको यो कू-कार्यले समाजले ठूलो क्षति बेहोर्नु परेको छ । एक चोटि चिन्तन गर्नुहोस जुन प्रजनन् अंगबाट तपाइले यो संसार देख्नु भयो त्यहि नारी आस्मिता माथि लात हान्दा तपाइले आफुलाई कुन दर्जामा पाउनु भएको छ ?  छातिमा हात राखेर आफुलाई चिन्नुहोस ।

आखिर किन यस्तो विकृति र विसंगतिले ज़रा गाढीरहेछ हाम्रो समाजमाँ ? समाजमा यस्ता दुर्गन्धहरूलाई एक पछि अर्कों गर्दै फैलन दिने हो भने भोलीको दिनहरू हामिले यो समाजमा फैलदै गरेको आपराधिक प्रदुसणलाई चाहेर पनी रोक्न सक्ने छैनौ ।तसर्थ हरेक समस्याको समाधान समयमै गर्ने कि? हाम्रो देशको कानून फितलो भएकैआधारमा आज नेपाली समाज यस्ता सामाजिक अपराध तर्फ उन्मुक्त त भईराखेको होईन ? राज्यले शिक्षित यूवाहरूको पनी उचित रोजगारको प्रवन्ध गर्न नस्कनु,जघन्य अपराध हुँदा पनी नाताबाद र कृपाबादको आधारमा कानून फितलो बनाउनु जस्ता क्रियाकलापलेनैआजको समाजमा दुर्गन्धको जरा फैलदै गईरहेको क़ुरामा दुईमत नरहला।

समाज एउटा घरको मर्यादा बाट सूरु हुन्छ । जून घरको अनुशासन राम्रो छ आफ़्ना सन्तानलाई मर्यादाको राम्रो किसिमको पाठ सिकाईन्छ र घरमा घरमूली मानिससंग ति सन्तानलाई डर छ भने त्यो घरको मर्यादाको इज्जतकै लागी पनी त्यस घरकोछोरोले एऊटा नारीको सम्मान गर्न जानेको हुन्छ ।आफूले संगत गर्ने साथीभाई अनी विकृति विसंगति बाट उ आफु बचेर हिडेको हुन्छ ।आखिर यूवाअबस्था त उस्लाई पनी त आएको हुन्छ रु मनमा अनेक असीमित ईच्छा आकक्षा त उस्मा पनी हुन्छ ? त के आफुलाई मनलागेकोसबै चिज गर्नु छूट छ उस्लाईरु मनमा होडबाज़ी चलेका सम्पूर्ण कार्य गरेर माफी माग्ने छुटकारा छ उस्लाई रु कदापि छैन तसर्थ उ आफूले केगर्दा राम्रो के गर्दा नराम्रो ! सम्पूर्ण चिजबिजहरूलाई आफ्नो परिवारको डर मै भए पनी आफुलाई सम्हाल्दै आफ्नो काबूमा राख्न सफलहुन्छ र जिबनमा हुन सक्ने दुर्घटनाबाट पार गर्न उ सफल हुन्छ र आफ्नो यूवाबस्थामा सन्तुलन नगुमाई सतर्क हुने त्यो युवा जिवनकाल नै दुर्गन्धहरुबाट टाढा रहन सफल हुनेछ भने यस्तै घरकि छोरीले पनी अबस्य आफ्नो जबानी आफ्नो पारिबारिक मर्यादाकै आढमा पनीखस्कन दिने छैन र उ पूर्ण रूपमा समाजको सुगन्धित पात्र बन्ने छे।अपबाद कुनै नारी बलत्कृत हुनु भने उस्को मर्यादा बाहिरको कुरा हुनसक्छ।तसर्थ हाम्रो देशको कानुन पनी यस्तै मर्यादित रहोस जस्को सिमा पार गर्नु अगाब सबैले सोच्ने गरून कानुनको डर रहयो भने पनि मानिस नैतिक प्राणी बन्ने छ र अनैतिक कार्य गर्न सक्ने छैन।तर बिडम्बना समाजमा कसैलाई कोही संग डर नहुनाले मनोमानी तन्त्रचलेको छ।

हो मेरो बिचारमा मानिसलाई मर्यादाले यसरी बाधेर राखेको हुन्छ ।उ आफ्नो निगरानीमा रहयो भने उ चाहेर पनी प्रदूषित हुन नैसक्दैन जबकि आफूले चालेका गलत कदमले भोली समाजको सामु आफु नाँगेझार त हुइन्न ? यो डर मनमा हुने ब्यक्ति कदापि दुर्गन्धकोनजिक जान नै सक्ने छैन।कू-कार्य गर्ने आँट नै गर्ने छैन ।आज भोली नेपाली समाज बिदेशी रहन सहनमा यति बिछिप्त हुदै गईरहेको छ कि देखासिकी बढ गर्ने।हो आफुलाई अनुकुल राख्ने अबस्था सम्मका देखासिकि त सामान्य नै हुन ।तर आफ्नो परिवेश समाजमाअसामान्य हुने तबरका देखासिकिले भने दिनानु दिन समाजलाई विकृति तर्फ डोरयाउन थालेका छन।यसरी उन्मुख हुदै गरेकाक्रियाकलाप हामी हेर्ने र वाहाँ- वाहाँ गर्दै जाने गर्दैछौ।हाम्रो नेपाली समाजको इतिहास हेर्ने हो भने हाम्रा चाडर्वहरू परम्पराले सु-सज्जितभएको ठाऊमा जाड रक्सिहरू चलन चल्तीमा रहने थियनन। तर आधुनिक चाड पर्ब ,भोज भतेरहरू ब्राण्डको जाड रक्सिहरूले मात्तीरहेकाछन जहाँ कोही कसैको प्रवाह नगरी खुलेयाम मात्तीरहेका छन ।के यो गलत होईनरुअनी किन यस्तो बिकृतिलाई बहिस्कार नगरी परम्पराबनाईन थालियो ? नैतिकता नै अशुद्द हुनेहरूले समाज लाई शुध्द गर्नु खोजियो ।आदर्शको प्रचार गरेर ब्यापार गर्ने तर चरित्रमा दागहुनेहरूभेटियो।परिवार भित्रको अनुसाशनका सिमाहरू हदसम्म पार गरेर मात्र स्वतन्त्र हुन दिनु पर्दछ हरेक परिवार,समाजले।तर आधुनिक युगकोमाग अनुसार स्वतन्त्रता पनी पाऊनु पर्छ।तसर्थ सबैलाई अनुकूल सिमामा बाधेर राख्ने मूलीको आबस्यकता छ ।घर,समाज,अनी सिंगोराष्ट्रकै लागी।सामाजिक प्राणी भए पछि समाजमा अनैतिक कार्य गर्ने मनोमानीको के औचित्य ? अनी नारीहरूलाई विवाह पुर्वपरपुरुषको सम्बन्धमा रहनु पाप हो भनि सिकाउने समाजमा किन विवाहपूर्व कुनै युवतीसंग सम्बन्ध राख्नु पनी पाप हो भनि सिकाईदैन ? बिष सेवनले ज्यान गुमे पनी दुर्घटनाले गुमे पनी आखिर  ज्यान त गुम्छ। मर्यादाका तौलमा बराबरी राखेर जोखिनु पर्दछ नारी पुरुष दुबैलाई किनकी गलत नतीजाको फल एकै किसिमको हुन्छ।

समाजमा ठुला बडा भनिने बूझ्रुकहरूले भने जे गरे पनी हुने पहुँच र सम्पत्तिको आधारमा कानून लागु हुने याबत करणहरू पनीकेही हद सम्म सामाजिक अपराध तर्फ प्रेरीत भई रहेका त होईनन ? आफ्नाको गल्ती सकेसम्म ढाक छोप गर्नु खोज्ने नै अरुको न्यायधिस बन्नु पर्ने केहीकरण छ ?  भन्छन नि आफ्नो आंगमा भैसि नदेख्ने अरुको आंगमा जुम्रा पनी देख्ने ? हो यस्ता नमूनाहरूको खुलेर बिरोध गर्नु आजकोअपरिहार्यता छ।देखावटी गर्ने ढोगीहरूको कारण पनी आज समाज आक्रान्त बन्नु परेको छ।

गल्ती जो कोही मानिस बाट नै हुने गर्छ तर गल्तीका किसिम हेरेर कानून लागु गर्नु पर्यो ।अनजानमा या आबेगमा मानिसलाईएक थप्पड हान्नु र खुकुरि प्रहार गरी कुनै ज्याँन लिनु के एकै किसिमका अपराध हुन ? जबानीमा होस गुमाई भूलबस गरिने गल्ती र समाजलाई बिकृतिको सन्देह दिने जुन सुकै घटनाहरूकोपूर्ण रुपमा निर्वाहा गर्न हाम्रो देशको कानूनमा फाँसीको नयाँ विधान थपिन्न तब सम्म फितलो कानूनको आढमा नसोचेको घटनाहरूकोसामना नेपाली समाजले भोगी रहनु पर्ने छ ।तसर्थ समाजमा विकृतिलाई धेरै कुरा बाट जोगाऊँनको लागी सामाजिकविकृति संगैकाढेतारको पनी ब्यवस्था गर्न सकियोस ।जस्को लागी कानून परिमार्जित गरियोस ।

तपाईको प्रतिक्रिया