टुसा उम्रिएको गेडागेडी खानुहोस पानुहुनेछ यस्ता फाइदा

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
टुसा उम्रिएको गेडागेडी खानुहोस पानुहुनेछ यस्ता फाइदा

एजेन्सी

वैशाख २१,काठमाडौं टुसाएको गेडागुडी स्वास्थ्यकर हुन्छ । तर, यसको सरसफाईमा पर्याप्त ध्यान दिइएन भने यो हानिकारक साबित हुन्छ । किनभने, जब यो टुसाउन थाल्छ, साथसाथै ब्याक्टेरिया पनि पैदा गर्छ । हानिकारक ब्याक्टेरियाकै कारण अंकुराएको गेडागुडीले शरीरमा प्रतिकुल असर पार्न सक्छ । यसले के कस्ता समस्या निम्त्याउँछ त ?

छालामा संक्रमण : अंकुराएको काँचो गेडागुडीमा साल्मोनेला नामक व्याक्टेरिया पैदा हुन्छ । यसले छालामा संक्रमण निम्त्याउँछ । फूड प्वाइजनिङ – यस्ता खानेकुरा काँचै सेवन गर्दा यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले फूड प्वोइजन हुन सक्छ । मृगौलामा समस्या – धेरै मात्रामा अंकुराएको गेडागुडी सेवन गर्दा त्यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले मृगौलामा असर पार्न सक्छ । टाइफाइड – यसमा पैदा हुने साल्मोनेला टाइफी नामक ब्याक्टेरियाले टाइफाइडको समस्या ल्याउन सक्छ । यसका साथै ग्याष्ट्रिक, अल्सर आदिको रोगीले पनि अंकुराएको गेडागुडी सेवन गर्नु लाभदायक हुँदैन । यसले ग्यासको समस्या अधिक बढाइदिन्छ । पेट फुलिन्छ । किनभने प्रोटिनलाई पचाउन निकै गाह्रो हुन्छ । अंकुराएको गेडागुडीमा पर्याप्त प्रोटिन हुन्छ ।

कसरी सेवन गर्ने ? : अंकुराएको गेडागुडीमा ब्याक्टेरिया धेरै मात्रामा पाइन्छ । त्यसैले यसलाई काँचो खानु भन्दा उसिनेर खानु राम्रो हो । त्यो भन्दा पनि राम्रो उपाय भनेको, अंकुराएको गेडागुडीलाई बाफमा पकाएर सेवन गर्नु हो । कब्जियत, एनीमिया, मधुमेह, उच्च रक्तचाप भएका र गर्भवती महिलाले बाफमा उसिनेर सेवन गर्नु पर्छ । अंकुरित गेडागुडी बिस्तारै चपाएर खानुपर्छ । यसको सेवन अधिक मात्रामा गर्नु हानिकारक हुनसक्छ ।

कहिले खाने ? : खाजा वा रातीको स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ । अंकुरित गेडागुडीको गुण : सहि ढंगले अंकुराएको गेडागुडी सेवन गर्नु स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ । यो अंकुराउने प्रक्रियामा जीवित हुन्छ, जसले हाम्रो शरीरका लागि भरपुर पोषक तत्व प्रदान गर्छ । यद्यपी गेडागुडी अनुसार त्यसबाट प्राप्त हुने तत्वपनि भिन्न भिन्नै हुन्छ । जस्तो, अंकुरित दालमा पोटासियम र आइरन पाइन्छ भने काबुली चनामा कार्बोहाइड्रेड, फाइबर, प्रोटीन, भिटामिन र मिनरल्स पाइन्छ ।

यी हुन् अंकुरित भोजन : अनाज – गहु, मकै, कोदो, जौं आदि । बिज – फर्सीको दाना, मेथी, खरबुजाको दाना । गेडागुडी – मुंग, चना, केराउ आदि । मुगी, मास, सिमी, चना, केराउ, राज्मा, भटमास आदि गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ। त्यसैले यसलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । गेडागुडीलाई टुसा उमारेर खानु धेरै उत्तम।

गेडागुडीमा मासुमा भन्दा पनि बढी अत्यधिक मात्रामा प्रोटिन हुन्छ तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । टुसाएको गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा बढेर जान्छ । मिनरल र भिटामिन पनि बढ्छ। नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका एन्टिन्युट्रिसन तत्त्वलाई यसले सोस्न दिँदैन । भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।

तपाईको प्रतिक्रिया