चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने

बैशाख २१,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्को हप्ता चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन’, उनले भने, ‘तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।’ मन्त्रालयले प्राणवायु

(अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

त्यस्तै, नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

 

तपाईको प्रतिक्रिया