कागेश्वरी मनोहरा नगरपालिकामा हाल सम्म ६०० जना कोरोना संक्रमित

कोशिस मल्टिमेडिया
१ महिना पहिले
कागेश्वरी मनोहरा नगरपालिकामा हाल सम्म ६०० जना कोरोना संक्रमित

बैशाख २७,  काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा दोस्रो लहरको कोरोना भेरिएण्ट बाट संक्रमित भएका विरामीको संख्या हाल सम्म ६ सय पुगेको छ ।

विश्व व्यापि रुपमा फैलिएको दोस्रो कोरोना भेरिएण्ट बाट २०७७ चैत्र १९ गते देखि २०७८ बैशाख २७ गते सम्म आईपुग्दा ६०० जना पुगेको कागेश्वरी नगपालिकाका नगर प्रमुख कृष्ण हरी थापा बताउनु हुन्छ ।

संक्रमित विरामी दिनानुदिन उच्च दरमा बढदै गएका कारण थापाले आम नगरवासीलाई उच्च सजकता अपनाउन अनुरोध  गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया