आमा हुन् विशाल जगमा

कोशिस मल्टिमेडिया
७ महिना पहिले
आमा हुन् विशाल जगमा

आमा हुन् विशाल जगमा
सहनशिलताको खानी बनि
उज्यालो छर्छिन यो नभमा
हर अध्यारा रातमा पनि ।।

गर्भ भित्रको देहमा सन्तान हुँदा
ममताले छछल्किदैै
भारी शरीर पनि
फुलको थुँगा झैँ बनाई
मन नथाकी हरदिन प्रतिक्षामा हुँदा ।।

दयाका आखा हृद्धयमा बोकि
सधै सन्तानलाई ममताले छोपि
न जाडो न गर्मि
न हुरी न बतास
न दु:ख न सुख
एकनासको छ उनि सँग यो जिन्दगानी ।।

पूर्णताको परिभाषामा आमा छिन् यो जगमा
सदा सर्वदा
उनका ओठमा मूस्कान भरीरहुन यो नभमा ।।

 

निर्मला सापकोटा सन्जेल

कोसिस मल्टि मिडिया

तपाईको प्रतिक्रिया