कागेश्वरी मनोहरा नगरपालिकामा ६ सय ९५ जना कोरोना संक्रमित

कोशिस मल्टिमेडिया
१ महिना पहिले
कागेश्वरी मनोहरा नगरपालिकामा ६ सय ९५ जना कोरोना संक्रमित

बैशाख ३०, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा दोस्रो लहरको कोरोना भेरिएण्ट बाट संक्रमित भएका विरामीको संख्या हाल सम्म
६सय ९५ जना पुगेको छ ।

विश्व व्यापि रुपमा फैलिएको दोस्रो कोरोना भेरिएण्ट बाट २०७७ चैत्र १९ गते देखि २०७८ बैशाख ३० गते सम्म आईपुग्दा ६९५ जना पुगेको कागेश्वरी नगपालिकाका नगर प्रमुख कृष्ण हरी थापा बताउनु हुन्छ ।

संक्रमित  विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।

* कागेश्वरी मनोहरा वडा नं. -१ मा ११ जना
* कागेश्वरी मनोहरा वडा नं. -२ मा १३ जना
*  कागेश्वरी मनोहरा वडा नं. -३ मा ८ जना
*  कागेश्वरी मनोहरा वडा नं.- ४ मा २४ जना
*  कागेश्वरी मनोहरा वडा नं.-५ मा ४७ जना
*  कागेश्वरी मनोहरा वडा नं. -६ मा ८४ जना
*  कागेश्वरी मनोहरा वडा नं. -७ मा १०० जना
* कागेश्वरी मनोहरा वडा नं.-८ मा ५३ जना
* कागेश्वरी मनोहरा वडा नं. -९ मा ३५५ जना

६ सय ९५ जना संक्रमित संख्या मध्ये ५ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् भने ९५ जना कोरोना जित्न सफल भएका छन् ।

उक्त संक्रमित विरामीको संख्या दिनानुदिन उच्च दरमा बढदै गएका कारण नगरप्रमुख कृष्णहरी थापाले आम नगरवासीलाई उच्च सजकता अपनाउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया