कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी अस्पतालमा ३ करोडको लगानिमा अस्किजन प्लान्ट जडान हुँदै

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले
कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी अस्पतालमा ३ करोडको लगानिमा अस्किजन प्लान्ट जडान हुँदै

काठमाडौं, बैशाख ३० । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्वर -६मा अवस्थित मुलपानी नगर अस्पतालमा ३ करोडको लगानीमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।

६९ औं नगरकार्यपालिकाको आकस्मिक बैठकले उक्त नगर अस्पतालको लागि अक्सिजन प्लान्ट खरिद प्रकृया अगाडि बढाउने निर्णय गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाले मुलपानी नगर अस्पतालमा करिब ३ करोडको लगानीमा ६ बेडको ICU , २ बेडको Vantilator र ५० प्वाईन्टको पाईप लाईन सहितको Oxygen Plant जठान गर्न खरिद प्रकृया अगाडि बढाउने जानकारी दिनुभयो ।

नगर प्रमुख थापाले कोरोना संक्रमीत भई उपाचार पुर्याइरहेका विरामीलाई छिटो भन्दा छिटो अन्य सेवा सूविधा उपलब्ध गराउन सो निर्णय गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया