नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय कोभिड–१९व्यबस्थापनमा सक्रिय

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले
नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय कोभिड–१९व्यबस्थापनमा सक्रिय

काठमाडौं । केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् ।

महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा शय्या तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालका लागि शुक्रबार सिंहदरबारमा पदबहालीपछि सबै मन्त्री र उच्च कर्मचारीलाई निर्देशन दिँदै कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया