चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याउँदै

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले
चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याउँदै

काठमाडौं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर स्थलमार्ग हुँदै  नेपाल ल्याइएको हो।

उप-प्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए। उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो। यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ। शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो।

तपाईको प्रतिक्रिया