गोठाटार स्वास्थ्य चौकीबाट कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप आजबाट लगाउन सुरु

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले
गोठाटार स्वास्थ्य चौकीबाट कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप आजबाट लगाउन सुरु

२ जेष्ठ, काठमाण्डौ। कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज आजबाट लगाउन सुरु गरिएको छ। उक्त खोप कागेश्वरी मनोहरा नगरपालिका वडा नं-९, मा रहेको गोठाटार स्वास्थ्य चौकीबाट लगाइएको हो ।

स्वास्थ्थ शाखा सह- प्रमुख लक्ष्मी कोइरालाका अनुसार २ सय ९७ जनालाई दोस्रो चरणको भेरोसेल खोप प्रदान गरिएको जानकारी दिनुभयो । सो खोप लगाउनेहरुमा २ सय २७ जना पुरुष र ७० जना महिला रहेका प्रमुख कोइरालाले बताउनु भयो।

त्यसैगरी बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेष्ठ १० र बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।

आजबाट लगाउन सुरु गएको उक्त खोप जेष्ठ ११ गतेसम्म लगाइने छ।

तपाईको प्रतिक्रिया