कविता -धर्य गर अनि प्रकृतिको समाउ हात

कोशिस मल्टिमेडिया
४ महिना पहिले
कविता -धर्य गर अनि प्रकृतिको समाउ हात

 

समय यस्तो आएको छ कि, उ पिडाले
छट्पटीदा म नजिक जान सक्दिन ।।

उ हिजो सम्म हास्दै रमाउदै थियोे
आज म उसका हात समाउन सक्दिन ।।

हिजो पुर्खाले भने कै थिए ए छोरा नाति प्रकृतिको
संरक्षण गर, ताकी आउने दिनमा एक मुठ्ठी स्वासको
तडपिन नपरोस,यस्तो समय आयो नि शब्दमा बताउन सक्दिन।।

न धनी भन्यो, न गरिब न बालक, वृद्ध , युवा,
न आफ्नो , नपराइ मृत्यु यसरी आइ रहेछ कि नजीक
आजसम्म सकुशल रहेको व्यक्ति ,भोलि उसका
लागि श्रद्धाञ्जली लेख्न सक्दिन। ।

कतिको सपना टुट्यो , कतिका आफ्नाहरु लुट्यो
खुसीको महल भत्किएयो, चारैतिर मौनता छाएको छ
तर पनि किन बेप्रवाह, लापरवाही गर्छ मान्छे
उ आफै आफ्नो मृत्युलाई किन ? निम्तो दिई रहेछ बुझ्न सक्दिन ।।

सायद उ अधैर्य छ, एक छिन पनि समय कुर्न सक्दैन
किन कि उ विश्व विजेता बन्ने होडबाजीमा जो छ
प्रकृति भन्छिन अरे पर्ख रोकिउ, सधै यस्तो समय हुन्न
हे मनुष्य बुझ्यौ नि प्रकृतिको महिमा कस्तो रहेछ।।

ताकी तिमी यहि स्वासको लागि आकुलव्याकुल हुन परोस
बितेर जानेछ यो समय,माफ गर्नेछिन प्रकृतिले यति कठोर
र निर्दयी कदापी हुन सक्दिनन् ।।

अंशु कार्की
काठमाण्डौँ
२०७८ जेठ( २ गते)

तपाईको प्रतिक्रिया