कविता- प्रिय विर मदन……

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले
कविता- प्रिय विर मदन……

प्रिय मदन
एक युगमा तिमी जस्तो मान्छे
एउटा मात्र जमिन्छ होला
विचार कै बुलन्द गोली बोकेको
रगत अनि नशा -नशामा
बहादुरीकोपन बगाई
यो देशलाई तिमीले नयाँ बाटो खोजेको ।।

तिमी भन्थेउ
जनताका विचार वदल्नु पर्छ
तव समाजले परिवर्तन प्राप्त गर्छ
तिमी भन्थेउ
जनताका बहुदलिय जनबादलाई
समेटनुपर्छ
तव
राष्ट्र सुसासनको गतिमा अघि बड्छ ।।

प्रिय मदन
तिमी नेपाली आमालाई
समृद्धिको उपाहार दिएको
देख्न चाहान्थेउ
आफनो देश अनि जनता प्रति
चलाखी र मुर्खाइ गर्नेलाई
ज्यानको बाजी लगाएर
विरताको इतिहास
तिमी लेख्न चाहान्थेउ ।।

प्रिय मदन
सबै नेपाली मन भित्र
तिमी सधै प्रिय मदन छौ
जवजका सिद्धान्तमा
सधै -सधै फुलिरहेको एउटा सुन्दर गगन छौ ।।

 

निर्मला सापकोटा सन्जेल
कोसिस मल्टि मिडिया

 

तपाईको प्रतिक्रिया