हाल सम्म संक्रमित १८३७ जना मध्य कोरोना जित्न सफल भए ८८१ जना

कोशिस मल्टिमेडिया
१ हप्ता पहिले
हाल सम्म संक्रमित १८३७ जना मध्य कोरोना जित्न सफल भए ८८१ जना

जेष्ठ २३, काठमाण्डौँ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर -६मा अवस्थित मूलपानी नगर अस्पतालमा आज नयाँ संक्रमित ५४ जना थपिएका छन् भने २४ जना भर्ना रहेका छन् ।

नगर प्रमुख कृष्णहरी थापाका अनुसार हाल सम्म संक्रमित १८३७ जना त्यसमध्य होम आईसोलेशनमा ८८९ जना रहेका छन् भने सक्रिय संक्रमित ९१३ जना साथै निको भएको जम्मा ८८१ जना रहेको जानकारी दिनुभयो ।

प्रत्येक वडामा संक्रमितको संख्या यस प्रकार रहेको छ ।

*कागेश्वरी मनोहरा वडा नं-१:    ४७  जना
*कागेश्वरी मनोहरा वडा नं -२ :   ३२  जना
*कागेश्वरी मनोहरा वडा नं- ३:    ३४  जना
*कागेश्वरी मनोहरा वडा नं- ४:   ६६ जना
*कागेश्वरी मनोहरा वडा नं -५:   १६२ जना
*कागेश्वरी मनोहरा वडा नं -६ :  २४५ जना
*कागेश्वरी मनोहरा वडा नं -७ :  ३२६ जना
*कागेश्वरी मनोहरा वडा नं -८:   १८४ जना
*कागेश्वरी मनोहरा वडा नं -९:  ७४१ जना

त्यसैगरी अहिले सम्म मृत्यु हुनेको संख्या ४३ जना पुगेको नगर प्रमुख थापाले बताउँदै नगरवासीलाई सजगता अपनाउन पनि आग्रह गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया