आज मात्र २५ जनामा कारोना संक्रमण भएको पुष्ठि

कोशिस मल्टिमेडिया
६ दिन पहिले
आज मात्र २५ जनामा कारोना संक्रमण भएको पुष्ठि

जेठ २५ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी नगर अस्पतालमा पछिल्लो २४ घण्टाको पुष्टि भएको रिर्पोट अनुसार कोरोना संक्रमणका विरामीहरु घट्दो दरमा देखिएका छन् ।

उक्त घट्दो दरमा हिजो २४ गते ३४ जना संक्रमित देखिएका थिए भने आज मात्र २५ जना संक्रमित देखिएका छन् ।

नगरप्रमुख कृष्णहरी थापाका अनुसार हाल नगरपालिका भित्र १८९६ जना कोरोना भाईरसको संक्रमित रहेको त्यसमध्य सक्रिय संक्रमित ९१५ जना रहेका छन् भने ३१ जना अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो ।

त्यसैगरी  ९३६ जना कोरोना संक्रमित विरामी सकेका निको भएका भने साथै होम आईसोलेशनमा ८८४ जना रहेका छन् । कोरोना संक्रमणका कारण हाल सम्म ४५ जनाले ज्यान गुमाएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया