कागेश्वरी मनोहरा नगरपालिकाले मंगलबार देखी चाइनिज भेरोसेल खोप लगाउन शुरु गर्यो

कोशिस मल्टिमेडिया
५ दिन पहिले
कागेश्वरी मनोहरा नगरपालिकाले मंगलबार देखी चाइनिज भेरोसेल खोप लगाउन शुरु गर्यो

जेठ २६, काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले मंगलबार देखी चाइनिज भेरोसेल खोप लगाउन शुरु गरेको छ । उक्त खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरुलाई पहिलो मात्रा लगाइएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाले सो खोप लगाउँन गोठाटार स्वास्थ्य चौकी, मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकी बाट सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि सुरक्षित तवर बाट खोप अभियान शुरु गरेको छ।

जेठ २५ गते बुधबार देखि २९ जेठसम्म चल्ने छ।

जेठ २५ गते मंगलबार कागेश्वरी मनोहरा नगरपालिकाका ८४४ जनाले कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोप लगाएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाले चाइनिज भेरोसेल खोप लगाउन तोकेका स्थानबाट प्राप्त विवरण यस प्रकार छ ।

आलापोट स्वास्थ्य चौकी बाट जेठ २५ गते बुधबार :      १०२ जना पुरुष र ८२ जना महिला गरि कुल १८५ जना

वडा नं ६ को मुलपानी नगर अस्पताल बाट :          १४७ जना पुरुष र १५३ गरि कुल ३०० जना

वडा नं ९ स्थित गोठाटार स्वास्थ्य चौकीबाट :         १९१ जना पुरुष र १६९ जना महिला गरि कुल ३६० जनाले

तपाईको प्रतिक्रिया