नगर प्रमुख कृष्ण हरि थापाले कागेश्वरी मनोहरा नगरपालिकाको आ. व २०७८र७९को वार्षिक बजेट नीति कार्यक्रमतयारीको लागि नगरवासीलाई गर्नुभयो यस्तो अनुरोध

कोशिस मल्टिमेडिया
४ दिन पहिले
नगर प्रमुख कृष्ण हरि थापाले कागेश्वरी मनोहरा नगरपालिकाको आ. व २०७८र७९को वार्षिक बजेट नीति कार्यक्रमतयारीको लागि नगरवासीलाई गर्नुभयो यस्तो अनुरोध

जेठ २७, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालको पाँचौ नगर सभा आउदो असार ७ गते देखि १० गते सम्म संचालन हुने भएको छ । उक्त नगरसभा आर्थिक बर्ष २०७८र ७९ लागि तयारी गरिएको हो ।

कोरोना संक्रमणका कारण नगर सभाको योजना छनौट प्रक्रिया संचालन गर्न नसकिने भएको हुँदा, नगरपालिकाको असार ७ गते देखि १० गते सम्मको पाँचौ नगर सभामा पेश गर्नु पर्ने नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा website: www.kaageshworimanoharamun.gov.np वा mayorkrishnahari@gmail.com नगरवासीलाई सुझाब दिन नगर प्रमुख कृष्णहरि थापाले अनुरोध गर्नु भएको छ । 

नगर प्रमुख थापाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको निषेधाज्ञालाई मध्यनजर गर्दै, आ. व २०७८र०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका लागि उक्त सुझाबहरु पठाउन अनुरोध गर्नु भएको हो ।

त्यस्तैगरी कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित भएका सबै जनप्रतिनिधिको कार्यकाल ४ वर्ष पुरा भई पाँचौ बर्षमा प्रवेश भएको छ । यस अवस्था सम्म आइपुग्दा नगरपालिका भित्रका पूर्वाधार विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत सामाजिक क्षेत्रमा भएका काममा नगरबासीबाट भएको उत्साह जनक सहभागिता र सहकार्यको लागि नगर प्रमुख थापाले व्यक्तिगत र नगरपालिकाको तर्फबाट धन्यवाद सहित खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया