मूलपानी नगर अस्पतालमा आज नयाँ संक्रमित २१ जना थपिए भने १०६१ जना निको भए

कोशिस मल्टिमेडिया
४ दिन पहिले
मूलपानी नगर अस्पतालमा आज नयाँ संक्रमित २१ जना थपिए भने १०६१ जना निको भए

जेष्ठ २७, काठमाण्डौँ ।कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६मा अवस्थित मूलपानी नगर अस्पतालमा आज नयाँ संक्रमित २१ जना थपिएका छन् भने ३८ जना भर्ना रहेका छन् ।

नगर प्रमुख कृष्णहरी थापाका अनुसार हाल सम्म संक्रमित १९३३ त्यस मध्य होम आईसोलेशनमा ७८८ जना रहेका छन् भने सक्रिय संक्रमित ८२६ जना साथै निको भएको जम्मा १०६१ जना रहेको जानकारी दिनुभयो ।

त्यसैगरी अहिले सम्म मृत्यु हुनेको संख्या ४६ जना पुगेको नगर प्रमुख थापाले बताउँदै नगरवासीलाई सजगता अपनाउन पनि आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया