कागेश्वरी मनोहरा नगरपालिकामा आज ६० बर्ष देखी ६४ बर्ष उमेर समूहका ४ सय ८ जनाले खोप लगाए

कोशिस मल्टिमेडिया
३ दिन पहिले
कागेश्वरी मनोहरा नगरपालिकामा आज ६० बर्ष देखी ६४ बर्ष उमेर समूहका ४ सय ८ जनाले खोप लगाए

जेष्ठ २७, काठमाण्डौँ ।कागेश्वरी मनोहरा नगरपालिकामा चाइनिज भेरोसेल खोप लगाएको आज तेस्रो दिन रहेको छ । उक्त खोप आज नगरपालिकाले तोकेको तिन वटै चौकी बाट जम्मा गरेर ४ सय ८ जनाले लगाएका छन् ।

नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा  १ सय ५० जना, आलापोट स्वास्थ्य चौकीमा  ५० जना र गोठाटार स्वास्थ्य चौकीमा २०८ जनाले खोप लगाएको जानकारी दिनुभयो ।

त्यसैगरी कागेश्वरी मनोहरा स्वास्थ्य सह -संयोजक लक्ष्मी कोइरालाले  ६० बर्ष देखी ६४ बर्ष उमेर समूहका ४ सय ८ जनाले आज खोप लगाएको   जानकारी दिनुभयो ।

स्वास्थ्य सह -संयोजक कोइरालाले ६५ बर्ष र सो भन्दा माथिका उमेर समूहका कोभिसिल्ड लगाएका व्यक्तिहरु लगायत अन्य उमेर समूहका व्यक्तिहरुको लागि पनि छिट्टै खोप आउने कोइरालाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया