कागेश्वरी मनोहरामा हाल सम्म १९८३ जना कोरोना संक्रमित र ११८१ जना कोरोना जित्न सफल

कोशिस मल्टिमेडिया
२ महिना पहिले
कागेश्वरी मनोहरामा हाल सम्म १९८३ जना कोरोना संक्रमित र ११८१ जना कोरोना जित्न सफल

जेष्ठ ३० , काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा दोस्रो लहरको कोरोना भेरिएण्ट बाट संक्रमित भएका विरामीको संख्या हाल सम्म १९८३ जना पुगेको छ ।

विश्व व्यापि रुपमा फैलिएको दोस्रो कोरोना भेरिएण्ट बाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ ३० गते सम्म आईपुग्दा १९८३ जना पुगेको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्ण हरी थापा बताउनु हुन्छ ।

संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।

१. कागेश्वरी मनोहरा वडा नं- १, मा पुरूष ३५ जना महिला १७ जना ।
२ . कागेश्वरी मनोहरा वडा नं-२, मा पुरूष २७ जना महिला  ८ जना ।
३.कागेश्वरी मनोहरा वडा नं-३, मा पुरूष २२ जना महिला  १४ जना ।
४.कागेश्वरी मनोहरा वडा नं- ४,मा पुरूष ४३ जना महिला ३० जना ।
५ . कागेश्वरी मनोहरा वडा नं-५, मा पुरूष ८१ जना महिला ९० जना ।
६. कागेश्वरी मनोहरा वडा नं-६, मा पुरूष १४८ जना महिला १२९ जना ।
७. कागेश्वरी मनोहरा वडा नं- ७,मा पुरूष १९० जना महिला १६५ जना ।
८ .कागेश्वरी मनोहरा वडा नं-८, मा पुरूष १०० जना महिला ८७ जना  ।
९ .कागेश्वरी मनोहरा वडा नं-९,मा पुरूष ३९७ जना महिला ४०० जना ।

१९८३ जना संक्रमित संख्या मध्ये ७५६ जना सक्रिय संक्रमित रहेका छन् भने ११८१ जना कोरोना जित्न सफल भएका छन् ।

आज नयाँ संक्रमित २४ जना र अस्पतालमा जम्मा भर्ना ४१ जना रहेका छन् ।

त्यसैगरी अहिले सम्म मृत्यु हुनेको संख्या ४६जना पुगेको नगर प्रमुख थापाले बताउँदै नगरवासीलाई सजगता अपनाउन पनि आग्रह गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया