विश्वकै ठुलो दावी गरिएको १९३२ केजीको अष्टधातुको कागको प्रतिमा जडान कार्य शुरु

कोशिस मल्टिमेडिया
४ महिना पहिले
विश्वकै ठुलो दावी गरिएको १९३२ केजीको अष्टधातुको कागको प्रतिमा जडान कार्य शुरु

असार -९,काठमाण्डौँ  । यहि असार ८ गते लोकतान्त्रिक सहिद उधान कागेश्वरी मनोहरा नगरपालिका वडा १ मा विश्वकै ठुलो दावी गरिएको १९३२ केजीको अष्टधातुको कागको प्रतिमा जडान शुरु गरिएको हो ।

२०६४ शालमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको लोकतान्त्रिक सहिद उधानका लागि २०७० शालको निर्वाचनमा संविधान सभा सदस्य बनेका फुयालले ५ लाख रुपैया बिनियोजन गरेर स्तम्भ निर्माण गरेका थिए। सो स्तम्भको संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वांगले शिलान्यास गरेका थिए।

काठमाण्डौ उपत्यकाका पर्वत शृंखलाहरुको प्रवर्धनका लागि नौ वटा महोत्सवको परिकल्पना र नेतृत्व गरेका मन्त्रि फुयालले अष्टधातुको काग निर्माणमा व्यापक जनसहभागिताका लागि गरेको आव्हान सफल बनेको थियो।

२०५१ शालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सो क्षेत्रको सडक पूर्वाधार विकासका लागि श्रम शिविर संचालन गरेका मन्त्रि फुयालको आव्हानमा सुन,चांदी ,तामा ,पित्तल,फलाम लगायतका ९ सय केजी कवाड संकलन गरेर १९३२ केजीको काग निर्माण गरिएको हो।यसमा करिव १ हजार केजी धातु खरिद गरिएको छ ।

कागेश्वरी धामको शिरमा रहेको सो काग नेपालका लागि कल्पवृक्ष हुने बताउदै मन्त्रि फुयालले पाटनको नेपाल ढलोट उद्योग बाट उक्त कागको मुर्ति उधानमा पुगेकोमा सन्तोष ब्यक्त गरेका छन।

अहिले सम्म अमेरिकाको मिनेसोटामा १३ सय किलोको CROW ( काग ) को मुर्ति रहेको बताउदै मन्त्रि फुयालले कागेश्वरीमा अहिले जडान भएको प्रतिमाले विस्वकै ध्यान खिच्न सक्ने गरी प्रवर्धन गर्नका लागि अपिल समेत गरेका छन।

सो कागको प्रतिमामा मिसिएको फुली,तिलहरी,औठी,तसला, घ्याम्पो सामान मात्र नभएर जनताको पसिना र स्नेह मिश्रण भएकोले मन्त्रि फुयालआज निकै आनन्दित रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया