माटोको भाँडामा खाना पाकाएर खाँदा अनेक फाइदा

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
माटोको भाँडामा खाना पाकाएर खाँदा अनेक फाइदा

माटोको भाँडामा खाना पकाउने पुरानो चलन हो । तर आधुनिक बन्ने नाममा यसको मजाक बनाउने र गरिबीको प्रतिक मान्ने गर्दा यो चलन लोप नै भइसकेको छ । आदिम समयका उपलब्धिहरुलाई गलत ठान्ने प्रवृत्तिले गर्दा अहिले माटोको भाँडो पूजापाठमा मात्रै प्रयोग हुने अवस्था आएको छ । तर माटोको भाँडामा खाना पाकाएर खाँदा अनेक फाइदा हुने विज्ञानले समेत प्रमाणित गरेको छ ।

त्यसो त स्टिल वा अन्य धातुको भाँडा आगोको रापले छिट्टै तात्ने र खानामा भएको पोषकतत्व नष्ट गर्ने गर्छ । त्यसको तुलनामा माटोको भाँडा निक्कै कम तात्ने र बिस्तारै पाक्ने हुँदा खानाको पोषकतत्व कायम रहन्छ । यस्तै माटाका भाँडामा प्राकृतिक रुपमा नै अल्कलाइन हुने हुँदा यसले ग्यासको समस्या समेत हल गर्ने छ । विशेष गरेर माटोको भाँडामा पकाएको भातले अझ बढी फाइदा पुग्छ ।

यसमा खाना पकाउँदा बहिरबाट छुँदा पोल्ने गरी तातो हुँदैन् । यसले गर्दा चामलमा हुने काब्र्स नजल्ने र शरीरमा इन्सुलिन बनाउन सहयोग गर्ने गर्छ । यसको विपरित स्टिल वा अन्य धातुमा पकाएको खानामा कार्वोहाइड्रेट जलेर साधारण काब्र्स वा स्टार्चमा परिणत गराइदिन्छ ।

तपाईको प्रतिक्रिया