साउनको सोमबारलाई अरु विशेष दिनको रुपमा लिइने

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
साउनको सोमबारलाई अरु विशेष दिनको रुपमा लिइने

साउन ४,काठमाण्डौँ । आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू धर्माबलम्बी विशेषगरी महिलाहरुले शिवको पूजाआराधना गरी मनाउने गर्छन् ।

साउनको सोमबारलाई अरु विशेष दिनको रुपमा लिने गरिन्छ । यस दिन खासगरी शिव भगवानको पूजा आराधना गरिन्छ । शरीरलाई शुद्ध गरेर उपवास एवं ब्रत बसिन्छ । भजन किर्तन गरिन्छ ।

पशुपतिनाथको परिसरमा विगतका जस्तै भिड त छैन, तर उपस्थिती सून्य पनि छैन । मूख्य मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएकाले पनि भिड जम्न पाएको छैन ।

तपाईको प्रतिक्रिया