आज कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमित विरामी जम्मा ४ जना मात्र

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
आज कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमित विरामी जम्मा ४ जना मात्र

साउन ४,काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखी वडा नम्बर ९ सम्म कोरोना संक्रमण विरामीको संख्या आज मात्र ४ जना पुष्ठि भएको छ ।

दोस्रो लहरको कोरोना भेरिएण्ट आएयता आज कोरोना संक्रमणको विरामीको संख्या घट्दो दरमा देखिएको छ ।

नगर प्रमुख कृष्णहरी थापाले हाल सम्म संक्रमित २७०२ त्यसमध्य होम आईसोलेशनमा ४८१ जना रहेका छन् भने सक्रिय संक्रमित  ५२० जना साथै निको भएका जम्मा २१३० जना रहेको जानकारी दिनुभयो ।

त्यसैगरी अहिले सम्म मृत्यु हुनेको संख्या ५२ जना पुगेको नगर प्रमुख थापाले बताउँदै नगरवासीलाई सजगता अपनाउन पनि आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया