कागेश्वरी मनोहरा नगरपालिकामा आज नयाँ संक्रमित १५ जना थपिए

कोशिस मल्टिमेडिया
२ महिना पहिले
कागेश्वरी मनोहरा नगरपालिकामा आज  नयाँ संक्रमित १५ जना थपिए

साउन १९, काठमाण्डौँ । कागेश्वरी मनोहरा नगरपालिकामा आज नयाँ संक्रमित १५ जना थपिएका छन् भने अस्पतालमा जम्मा भर्ना ३७ जना रहेका छन् ।

नगर प्रमुख कृष्णहरी थापाले कागेश्वरी मनोहरा नगरपालिकामा हाल सम्म संक्रमित ३०४६ जना त्यस मध्य होम आईसोलेशनमा ५१३ जना रहेका छन् भने सक्रिय संक्रमित ५५० जना साथै निको भएको जम्मा २४४३ जना रहेको जानकारी दिनुभयो ।
नगर प्रमुख थापाले बताउनु भएको सबै वडाको कोरोना संक्रमित विरामी विवरण यस प्रकार रहेको छ ।

*कागेश्वरी मनोहरा वडा नं.१  मा-१०५,
*कागेश्वरी मनोहरा वडा नं.२ मा-७३,
*कागेश्वरी मनोहरा वडा नं. ३ मा-१२१,
*कागेश्वरी मनोहरा वडा नं.४ मा-१५७,
*कागेश्वरी मनोहरा वडा नं.५ मा-२६९,
*कागेश्वरी मनोहरा वडा नं.६ मा –५३४,
*कागेश्वरी मनोहरा वडा नं. ७ मा –४८८,
*कागेश्वरी मनोहरा वडा नं. ८ मा – २६३,
*कागेश्वरी मनोहरा वडा नं  ९ मा- १०३६,
त्यसैगरी अहिले सम्म मृत्यु हुनेको संख्या ५३ जना पुगेको नगर प्रमुख थापाले बताउँदै नगरवासीलाई सजगता अपनाउन पनि आग्रह गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया