नङ भाचिने, मुखमा घाउ आउने, कपाल झर्ने मध्ये कुनै संकेत देखियो, हुनसक्छ आइरनको कमी

कोशिस मल्टिमेडिया
१२ महिना पहिले
नङ भाचिने, मुखमा घाउ आउने, कपाल झर्ने मध्ये कुनै संकेत देखियो, हुनसक्छ आइरनको कमी

एजेन्सी

भदौ,४ काठमाडौं । कमजोरीपन शरीरमा आइरन कमीको मुख्य लक्षण हो । हेमोग्लोबिन बन्नमा आइरनको महत्वपूर्ण भूमिका हुन्छ।आइरनको कमी हुँदा हेमोग्लोबिनको कमी हुने र शरीरमा अक्सिजनको अभाव हुने भएकाले कमजोरीपन देखा पर्छ ।  आइरनको कमी हुँदा नङ कमजोर हुन्छ । बिस्तारै सजिलैसँग नङ चिरिने, पातलो हुने र सेतो हुँदै जाने हुन्छ, जसलाई कोइलोनेसिया पनि भनिन्छ।मुखमा घाउ देखिने, ओठ फुट्ने र छेउछाउमा घाउ तथा दाग देखिने हुन्छ। रगतमा हेमोग्लोबिनको कमीका कारण जिब्रो सुन्निने हुन्छ । बिस्तारै सुक्खा हुँदै जाने र कतिपयमा जिब्रोमा घाउसमेत देखा पर्छ ।

बालबालिकाहरू बढी प्रभावित हुने गर्छन् । शारीरिक तथा मानसिक विकास हुने उमेरमा आइरनको कमी भएमा बालबालिकाको स्वास्थ्य विकासमा प्रभाव पार्छ।

त्यस्तै, बच्चालाई माटोको गन्ध मन पर्ने भएकाले माटो खाने स्वभावका हुन्छन् । शरीरमा हेमोग्लोबिनको आपूर्ति नहुँदा अंगहरूमा अक्सिजनको मात्रा कम हुन्छ । जसले गर्दा कोषिकाहरूले काम गर्न सक्दैनन् र हात–खुट्टा चिसो हुन्छन् असामान्य तरिकाले कपाल झर्नु पनि आइरन कमीको लक्षण मानिन्छ । छोटो समयमै धेरै कपाल झरेमा समयमै चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।  आइरनको अभाव हुँदा अक्सिजनयुक्त आरबिसीको मात्रा घट्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व आपूर्तिका लागि मुटुले बढी काम गर्नुपर्ने हुन्छ । बिस्तारै मुटुको मांसपेशी कडा हुँदै जाने हुँदा छाती दुख्ने समस्या हुन्छ ।  हेमोग्लोबिनले रगतलाई रातो बनाउने काम गर्छ । यसको अभाव हुँदा छाला पहेँलो हुँदै जान्छ । पूरै शरीरको छाला पहेँलो हुँदै जाने, अनुहारमा मात्रै पहेँलोपना देखिने वा आँखाको ढकनीमा मात्रै पहेँलोपना देखिने हुन्छ ।

आइरनले शरीरमा तापमान नियन्त्रणमा मुख्य भूमिका खेलेको हुन्छ । कमी हुँदा चिसो वा तातो वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । मस्तिष्कमा अक्सिजनको सहज आपूर्ति नहुँदा दिमागको कामका सुस्तता आउँछ ।

ध्यान केन्द्रित गर्न नसक्ने, तनाव व्यवस्थापन गर्न नसक्ने, एन्जाइटी र डिप्रेसनजस्ता लक्षण देखिन्छन्  । आइरनको मात्रा निकै नै कमी भएमा मुटुमा समस्या देखिन्छ । धड्कन बढ्दै जाने, अनियमित हुने र छाती दुख्नेजस्ता समस्या हुन्छन् ।कमजोरीपन शरीरमा आइरन कमीको मुख्य लक्षण हो । हेमोग्लोबिन बन्नमा आइरनको महत्वपूर्ण भूमिका हुन्छ।आइरनको कमी हुँदा हेमोग्लोबिनको कमी हुने र शरीरमा अक्सिजनको अभाव हुने भएकाले कमजोरीपन देखा पर्छ आइरनको कमी हुँदा नङ कमजोर हुन्छ । बिस्तारै सजिलैसँग नङ चिरिने, पातलो हुने र सेतो हुँदै जाने हुन्छ, जसलाई कोइलोनेसिया पनि भनिन्छ।

मुखमा घाउ देखिने, ओठ फुट्ने र छेउछाउमा घाउ तथा दाग देखिने हुन्छ। रगतमा हेमोग्लोबिनको कमीका कारण जिब्रो सुन्निने हुन्छ । बिस्तारै सुक्खा हुँदै जाने र कतिपयमा जिब्रोमा घाउसमेत देखा पर्छ ।  बालबालिकाहरू बढी प्रभावित हुने गर्छन् । शारीरिक तथा मानसिक विकास हुने उमेरमा आइरनको कमी भएमा बालबालिकाको स्वास्थ्य विकासमा प्रभाव पार्छ।  त्यस्तै, बच्चालाई माटोको गन्ध मन पर्ने भएकाले माटो खाने स्वभावका हुन्छन् । शरीरमा हेमोग्लोबिनको आपूर्ति नहुँदा अंगहरूमा अक्सिजनको मात्रा कम हुन्छ । जसले गर्दा कोषिकाहरूले काम गर्न सक्दैनन् र हात–खुट्टा चिसो हुन्छन्  असामान्य तरिकाले कपाल झर्नु पनि आइरन कमीको लक्षण मानिन्छ । छोटो समयमै धेरै कपाल झरेमा समयमै चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

आइरनको अभाव हुँदा अक्सिजनयुक्त आरबिसीको मात्रा घट्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व आपूर्तिका लागि मुटुले बढी काम गर्नुपर्ने हुन्छ । बिस्तारै मुटुको मांसपेशी कडा हुँदै जाने हुँदा छाती दुख्ने समस्या हुन्छ ।

हेमोग्लोबिनले रगतलाई रातो बनाउने काम गर्छ । यसको अभाव हुँदा छाला पहेँलो हुँदै जान्छ । पूरै शरीरको छाला पहेँलो हुँदै जाने, अनुहारमा मात्रै पहेँलोपना देखिने वा आँखाको ढकनीमा मात्रै पहेँलोपना देखिने हुन्छ ।

आइरनले शरीरमा तापमान नियन्त्रणमा मुख्य भूमिका खेलेको हुन्छ । कमी हुँदा चिसो वा तातो वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । मस्तिष्कमा अक्सिजनको सहज आपूर्ति नहुँदा दिमागको कामका सुस्तता आउँछ । ध्यान केन्द्रित गर्न नसक्ने, तनाव व्यवस्थापन गर्न नसक्ने, एन्जाइटी र डिप्रेसनजस्ता लक्षण देखिन्छन्  । आइरनको मात्रा निकै नै कमी भएमा मुटुमा समस्या देखिन्छ । धड्कन बढ्दै जाने, अनियमित हुने र छाती दुख्नेजस्ता समस्या हुन्छन् ।

 

तपाईको प्रतिक्रिया