असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने

कोशिस मल्टिमेडिया
१ महिना पहिले
असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने

काठमाडौं । दसैँका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ असोज १० गतेदेखि खुलाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन् । भाडा समायोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डा.भुसालको भनाई छ ।

लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडा दरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिने उनको भनाई छ ।

कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ । जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाको भनाई छ । उनले भने, “गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो । यस वर्ष पनि सबैलाई घरघरमा पुर्याइनेछ ।”

हरेक वर्ष चाडपर्व पहिले नै भाडा समायोजनका विषयमा चर्चा हुने गरेकामा यस वर्ष पनि कतिपय प्रदेश र स्थानीय सरकारले भाडा समायोजन नभएकाले चाँडो गर्न सम्बन्ध सरकारलाई महासङ्घले माग गर्दै आएको छ ।

कोभिडकै कारण गत वर्ष अग्रिम टिकट नखुलाइए पनि यात्रुलाई गन्तव्यमा पुग्न कुनै समस्या नभएको महासचिव सिटौलाले बताए । अहिले पनि काम नभएका वा छिट्टै फर्कन मिल्ने व्यक्ति घर फर्कँदै गर्दा दशैँको मुखमा हुने भीड कम हुनेछ ।

तपाईको प्रतिक्रिया