गर्मीमा बालबालिकालाई घमौराहुनबाट जोगाउने उपाय

कोशिस मल्टिमेडिया
७ दिन पहिले
गर्मीमा बालबालिकालाई घमौराहुनबाट जोगाउने उपाय

वैशाख २९, काठमाण्डौ। गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। खाशगरी चर्को घाममा ननिस्किने र बच्चालाई सक्दो ननिकाल्ने, हल्का पातलो, खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने गर्नुपर्छ। बालबच्चालाई सक्दो शितलमा राख्ने गर्नुपर्छ। गर्मीमा पनि आगोमा सेक्ने वा घाममा राख्ने कतिले गरेका हुन्छन्। यस्तो बिलकुलै गर्नुहुँदैन।

घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा भिजाएर नियमित पुछिदिने गर्नुपर्छ। पुछेपछि त्यो भागलाई हावमा सुक्न दिने गर्नुपर्छ।

यसैगरी घाउ र खटिरा सर्ने भएकाले अन्य केटाकेटीलाई नजिक आउन नदिने गर्नुपर्छ। घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाईमा ध्यान दिने गर्नुपर्छ । यसरी ठीक भएन भने नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन जरुरी हुन्छ।

स्वासस

तपाईको प्रतिक्रिया