बैंकहरूको कर्जा निक्षेप ,अनुपात सीमाभन्दा बढी

कोशिस मल्टिमेडिया
७ दिन पहिले
बैंकहरूको कर्जा निक्षेप ,अनुपात सीमाभन्दा बढी

 

बैशाख २९, काठमाण्डौँ। राष्ट्र बैंकले आगामी असारसम्म कर्जा निक्षेप अनुपात निर्धारित ९० प्रतिशतको सीमाभित्र कायम राख्न बैंकहरूलाई निर्देशन दिएको छ।

वैशाख सकिन लाग्दा पनि अधिकांश वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमाभन्दा बढी छ।

यो अनुपात प्राइम कमर्सियल बैंकको सबभन्दा धेरै ९९।६२ प्रतिशत छ भने बैंक अफ काठमान्डु र नेपाल एसबिआई बैंकको ९५ प्रतिशत हाराहारी छ। अरू वाणिज्य बैंकहरूको अनुपात औसतमा ९०।८१ प्रतिशत छ।

बैंकहरूले आफ्नो कर्जा निक्षेप अनुपातलाई सीमाभित्र ल्याउने प्रस्ताव राष्ट्र बैंकमा पठाएका छन्, राष्ट्र बैंक स्रोतले भन्यो, ठोस आधार भने दिएका छैनन्। तर यसबारे राष्ट्र बैंकको नीति संशोधन हुने छैन।

बैंकहरूले सिडी रेसियो सीमाभन्दा माथि रहे पनि जेठका लागि ब्याजदर नबढाउने निर्णय गरेका छन्। हाल बैंकहरूले मुद्दति निक्षेपमा अधिकतम ११।०३ प्रतिशत ब्याज दिइरहेका छन्। चुनावमा भइरहेको राजनीतिक दलको खर्चले अनौपचारिक क्षेत्रमा रहेको रकम बैंकिङ प्रणालीमा फर्किने आशमा छन्। यसरी रकम भित्रिए निक्षेप बढ्ने र सिडी रसियो मिल्न आउने अपेक्षामा बैंकरहरू छन्।

तपाईको प्रतिक्रिया