उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुदै

कोशिस मल्टिमेडिया
२ महिना पहिले

Share

माघ ९, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गदैछ । उम्मेदवारहरुले पनि आज नाम फिर्ता लिन सक्ने  आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

देशभर १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो।

कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना रहेका छन्।

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक तर्फ ११० जना र प्रत्यक्ष तर्फबाट गरी १६५ सदस्य निर्वाचित हुनेछन्।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ।

 

 

 

तपाईको प्रतिक्रिया