निर्वाचन आयोगले प्रतिनिधि निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान

कोशिस मल्टिमेडिया
२ महिना पहिले
निर्वाचन आयोगले  प्रतिनिधि निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान

असोज २६,काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।

निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।त्यसअघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ ।

तपाईको प्रतिक्रिया