चुनावको लागि मंसिर २ देखि ५ गतेसम्म ४ दिन बिदा

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले
चुनावको लागि मंसिर २ देखि ५ गतेसम्म ४ दिन बिदा

कार्तिक २९, काठमाण्डौँ

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन, सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थान र विद्यालयलाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय र सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया