सुन्दर र जवान देखिने उपायहरु

नारीकोसिस डटकम । मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहना अनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ ।
तर अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन। सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्न सघाउँछ ।
सुन्दर र जवान देखिने तरिका :
१.ठिक समयमा सुत्ने:
शरीरलाई सुन्दर बनाउन सबै भन्दा पहिला सुत्ने समय ठिक हुनुपर्छ। वयस्क व्यक्तिले दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ। दैनिक सुत्ने समय एउटै बनाए मात्र हाम्रो शरीर र अनुहारको लागि राम्रो हुन्छ । शान्त वातावरणमा सुत्ने गर्नुपर्छ।
२.सन्तुलित आहार:
सन्तुलित भोजन भन्नाले शरीरलाई सक्षा गर्ने खानालाई बुझ्नुपर्छ। सन्तुलित भोजन मिलाएर गर्नु शरीरका लागि फाइदाजनक छ । सकेसम्म बढी मात्रामा हरियो साग, फलफुल, बदाम, काजु, ओखर, आल्मन भएका खानेकुरा दैनिक सेवन गर्नुपर्छ। जसले गर्दा शरीर सुन्दर र जवान देखिन्छ ।
३.घामबाट जोगिने
जहिले पनि घाममा निस्कनु अगाडि सन्सक्रिम लगाउनुपर्छ। दैनिक रुपमा १५ देखि २० एसपिएस भएको क्रिम चारदेखि पाँच पटक लगाउनुपर्छ, जसले मुहारलाई सधैं चमक दिन्छ।
४.धूमपान नगर्ने:
धूमपानले श्वासप्रश्वासलाई मात्र नभएर अनुहारलाई पनि असर गर्छ। त्यसैले सधैं सुन्दर र जवान देखिन धूमपान गर्नु हुँदैन।
५.शारीरिक व्यायाम:
बिहान कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ । शारीरिक व्यायाम भन्नेबित्तकै कुद्नैपर्छ भन्ने छैन। विस्तारै हिँडडुल गर्ने, घरको तलमाथि गर्ने गर्नुपर्छ। दैनिक ४ देखि ६ लिटर पानी पिउनुपर्छ ।
६.साबुनले मुख नधुने:
साबुनले छाला सुख्खा हुने र चाँडै चाउरिने समस्या देखिन्छ । साबुनको सट्टा सलफेट फ्रि फेसवास गरी सन्सक्रिम लगाउनु उपयुक्त हुन्छ । यसले छालालाई नरम बनाउनुका साथै चमक दिने काम गर्छ।
७.केमिकलको प्रयोग नगर्ने:
कतिपय क्रिममा केमिकलको मिसावट भएको पाइन्छ। त्यस्ता क्रिमको प्रयोग नगरेकै राम्रो हुन्छ । साथसाथै अनुहारमा पाउडर प्रयोग गर्नुहुँदैन । पाउडरले अनुहारलाई सुख्खा बनाउँछ र चाँडै चाउरी बनाउँछ।



तपाईको प्रतिक्रिया