सामान्य हुँदै गोबरगाढा, डुबानको त्रास कायमै

नारीकोसिस डटकम/जेठ १३, हनुमाननगर । भारत नियन्त्रीत कोसी योजनाका कर्मचारीहरुले पूर्व जानकारी बिना नै कोसीको पाइलट च्यानलमा पानी छोड्दा सम्पर्क विच्छेद भएको सप्तरीको गोबरगाढाको जनजिवन आईतवार समान्य वन्दै गएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ ।
उक्त नगरपालिका वडा नम्बर १३ अन्तर्गत रहेका गोबरगाढा वस्तीका झण्डै ९० परिवारको पछिल्लो ३० घण्टा देखि सम्पर्क विच्छेद हुन पुगेपछि स्थानिय वासिन्दा र नगरपालिका र अन्य सरोकारवालाहरु चिन्तीत भएका थिए ।
नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार गोबरगाढा वस्तीको पश्चिम पट्टी हुँदै वस्तीलाई घेरिने गरी भारतीय पक्षद्धारा खनिएको प्यालट च्यानलमा एक्कासी पानी छाडिएपछि गोबरगाढा वस्तीसँग सम्बन्ध विच्छेद हुनुका साथै सिंगो वस्ती नै कोसी नदीको बाढीले चारै तिरवाट घेरिएको थियो ।
अधिल्लो वर्षहरुमा पनि प्यालट च्यानलको पानी छोड्दा गाउँ डुबानमा परी धेरै क्षति भएको थियो ।



तपाईको प्रतिक्रिया