कागेअष्टमीको दिन कागेश्वरी महादेव मन्दिरमा मेला भर्न आउने दर्शनार्थीहरुको भिड

काठमाडौं, भाद्र २२। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वरी महादेव मन्दिरमा प्रत्येक बर्षझै यस वर्ष पनि भाद्र शुक्ल अष्ट्मीको दिन हिन्दु तथा कागेअष्टमी मेला दर्शन गर्ने भक्तजनहरुको भर्ना भिड लागेको थियो ।
उक्त दिन कागेश्वोरी महादेव मन्दिर परिसरमा रहेको कुण्डमा स्नान गरि दर्शन गरेमा मनोकामना हुने जन विश्वास रहेको छ साथै यमराजको दुत कागले मानिसलाई छुदा अशुभ हुने र त्यस बाट मुक्त हुन कागेश्वोरी मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्नु पर्ने धार्मिक मान्यता रहेको छ । सोहि दिनलाई कागे अष्टमी पनि भनिन्छ ।उक्त क्षेत्रमा हिजो बिहानै देखि श्रद्धालु भक्तजनको ठुलो भिड लागेको थियो ।
कागेअष्टमी मेलाको दिन गोसाइँकुण्डमा मेला भरेका दर्शनार्थीले त्यहाँ बाट ल्याएको जल कागेश्वोरी महादेबलाई चढाएपछी तीर्थ यात्राको मनोकामना पूरा हुने विश्वास समेत रहिआएको दर्शनार्थीहरु बताउछन् ।
नयाँ शिष्यलाई कागे अष्टमीका दिन कागेश्वर महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको लामा गुरुको धारणा छ । कागे अष्टमीका दिन आफ्नो खेतबारीमा फलेको मकै कागेश्वरीमा महादेवलाई चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने जन विश्वाससमेत रहेको छ ।
उपत्यकाको मनमोहक दृश्यावली अवलोकन गर्न, स्वच्छ सुन्दर वातावरणको अनुभव लिन तथा आकर्षक ग्रामीण भेग नियाल्नको लागि पनि सो उपयुक्त स्थल रहेको र बार्है महिना आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरणनिर्माणको लागि परेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेलले बताए । बताए ।मेला लाई मध्यनजर गर्दै मनोहरा जेसिस , नेपाल स्काउट ,स्थानीय स्वयं सेवक, प्रहरीहरु लगायत मेला व्यवस्थापन समितिले मेलालाई सहज बनाउन सक्रिय भूमिका खेलेका थिए ।



तपाईको प्रतिक्रिया