नेपाली महिला र उनीहरुको अवस्था

नारी कोसिस डटकम ।
नेपालको भूगोल, लिङ्ग र सँस्कृतिको आधारमा नेपाली महिलाको निर्माण हुन्छ । यस देशको परिधि भित्र बस्ने सवै स्त्रीलिङ्ग नेपाली महिलामा पर्दैन । बर्षौसम्म विदेशमा बसेका नेपाली भूगोलको हिसावले टाढा रहे पनि उनीहरु एक नेपाली महिला नै हुन । उनीहरुले लगाउने पोशाक, उनीहरुले मान्ने धर्म, कला, संस्कृति सवैमा नेपालीपन नै झल्किएको हुन्छ ।
सामाजिक रुपमा महिलालाई शिक्षा, रोजगारी, वैवाहिक स्वतन्त्रता, प्रजातन्त्रको–अधिकार एकल मातृत्वको–अधिकार, आफ्नो शरीरमाथि आफ्नै अधिकार भनिने कार्यवोध, कम गरिनुपर्ने अवस्था र आफ्ना सन्तालाई निशर्त नागरिकताको अधिकार जस्ता सवै आधारभूत अधिकारहरु स्थापित हुन बाँकि रहेका हुन् । प्रकृतिले कमजोर बनाईएका कारण थपिएका अवस्थामा उनीहरुले धेरै दमन र विभेद सहनु परेको हुन्छ ।उनीहरुमा क्षमतावान, निडर, साहासी जस्ता शब्दहरु कम प्रयोग भएको पाईन्छ । हिजोको दासत्वप्रथालाई त धेरै उन्मुलन गरेका हुन् । तर अहिलेको २१औं शताब्दीमा अझै विकासले फड्को मारेको हिसावले हेर्दा, आधा आकाश ढाकेका महिला केही अघि बढेता पनि महिलाहरु नै पछि परेको हुन् ।
नेपाली इतिहासलाई फर्किएर हेर्ने हो भने योगमायाको राणाशासन विरुद्धको आन्दोलन प्रसंसायोग्य छ । नेपालमा राजनैतिक पद प्रतिष्ठा वोकेका घर परिवारबाट उच्च शिक्षाका लागि प्राथमिकता दिएसँगै यसले अगाडिको बाटो खोल्दै लग्यौं । केही पूराना संरचना नभत्किए सम्म नयाँ संचनाको विकास हुदैन । तर्सथ समाज व्यवस्थापन परिवर्तन हुदैन र अहिले अवस्थामा सामानुपातिक प्रणालीबाट स्थानीय तह, प्रदेश, संघमा महिलालाई प्रतिनिधित्व गर्ने अवसर दिएर उनीहरु नितिनिर्माण तहमा पुगेका छन् । तर यसमा कयौ चुनौतिहरु झेल्नु नपरेको भने अवस्था छैन ।
अहिलेको अवस्थामा महिलाका सामूहिक भेला संघ संस्थाभित्र धेरै प्रवेश गर्दै आपूmलाई स्वतन्त्र बनाउँदै लगेका छन् भने मूलूकी देवानी संहिता ऐन २०७४ पनि लागू भएको अवस्थामा कुममा कुम जोडेर हिड्न सक्ने सामथ्र्यवान बन्दैछन् । यो निकै नै आशालाग्दो खुल्ला बाटाहरु नेपाली महिलादिदि बहिनीहरुका निम्ति बन्दैछ ।
तपाईको प्रतिक्रिया