खुसी नै खुसीले त्यो शहर

कोशिस मल्टिमेडिया
१ वर्ष पहिले
खुसी नै खुसीले त्यो शहर

खुसी नै खुसी र
सुख नै सुखले त्यो शहर
रहरै रहरैको बनोस
पराइ नहुन कुनै
आफनै आफनाको प्रहर बनोस

टेकेको धर्ति र हेरेको आकाश
सधै आफना लागि खास बनोस
नआउन बाधाहरु
जीवनका मोडहरुमा
हिजो भन्दा आज खास बनोस

सम्बन्धै सम्बन्धले बनेको
माया र ममताले भरीपूर्ण काखहरु हुन्
त्यो बगैचामा फुल्ने फुलहरु पनि खास हुन्

निर्मला सापकोटा सन्जेल

तपाईको प्रतिक्रिया