एउटा फरक कथा

कोशिस मल्टिमेडिया
१ वर्ष पहिले
एउटा फरक कथा

एकादेशमा श्रीमान र श्रीमती थिए । साथमा थोरै समय पनि अत्ति प्रेमले विताएका थिए । समयबस लामो समय मात्र भावनात्मक रुपमा नजिक भए भौतिक रुपमा टाडा । त्यतिबेला बुढि यादले धेरै चोटि मुर्छा पर्थि । त्यससविचमा बुढीलाई फकाउने र लोभ र लालच देखाउने मान्छे पनि धेरै आए । तर सम्यम र धर्यताका साथ उसले मनलाई दाया बाट बाया हुन दिइन । किनकी आफनो बुढालाइ गर्ने शारीरीक मानसिक रुपमा हार्दिक प्रेम उ कसैलाई गर्न सक्दिन थिई ।

श्रीमान बर्षौ पछि भौतिकमा रुपमा फेरी अत्ति थोरै समय लिएर आयो । जुन समय बुढिले विताएको बर्षौका विछोडका लागि थोरै थियो । साच्चे भन्ने हो भने न्यासे पनि पूरा मेटन पाएकी थिइन । तर बुढाको आफनै संसार थियो । भावनात्मक रुपमा उ टाबाट बाधिरहन्थो यो तर नजिक पुग्दा । थोरै नजिक केहि टाको दुरी थियो । उसका ब्यबहार फरक थिए । त्यतिबेला बुढीले पिडाले डाहा भएर धेरै गालिका शब्दहरु पोखि शब्द मार्फत । तर मनमनैकामना गरी धेरै कतै नदुखोस मात्रै आपनो मान्छेलाई पिडाको महसुस होस । भगवानको पालामा त कृष्णले राधाको प्रेम नबुझदा राधाले कृष्णलाई श्राप दिएकी थिइन् । उ त मान्छे थिई ।

बुढि भने भागमा मिठो खानेकराहोस र बजारमा राम्रा लुगा पहिला बुढालाई संमिmन्थी । एककोस टाडा बाट पनि बुढा खुसी र दुखी भएको सहजै पढन सक्थिी । अनि मन मनै भगवान सँग भन्थि सुखमा मलाई टाडा राखेपनि भगवान दुखमा चाहि मेरो बुढालाई म भौतिक रुपमा नजिक पुगेर उठाउन सकु । भगवानले चाहेको यो सम्बन्ध साक्षि उनि नै थिए । उसलार्ई जे हुनेथियो सबै उनै मिलाउने भगवानलाई नै रुदै पोख्थि । किनकी आपनो श्रीमानलाई उ जन्म जन्मका लागि प्रतिक्षा गर्न सक्थि ।

उसले मलाई  संझिएर पिडा भएकोबेला मेरा छातीका दुई स्तनहरु निक्कै कडा भएर दुख्थे । उसले मलाई नजिक पाउन चाहादा स्तनहरु वरीपरी चिलाउथे । उसलाई आफनो प्रियतमको खवर त्यसरी आउथियो । त्यस्तो शास्वत सत्यलाई कुल्चिएर र आघात पुर्याएर अर्को पाटोको जिवन बाच्न चाहिन । त्यसैले धरै भौतिक दुरीको विछोडको पिडाले उसले एकदिन निर्णयगरी । म यो सम्बन्धमा डिभोर्स गर्ने छैन । बस ले बर्षौ नभेटाउने एउटा शहरमा गएर बस्नेछु । आफुलाई मन परेको काम गर्ने छु । आफुले कमाएको हासो सँग  रमाउनेछु ।

दिलासा

तपाईको प्रतिक्रिया