समय शुभ शुभ भएर आओस

कोशिस मल्टिमेडिया
१ वर्ष पहिले
समय शुभ शुभ भएर आओस

समय शुभ शुभ भएर आओस
काँडा विच नै फुलले सुगन्ध छाओस
समय शुभ शुभ भएर आओस

दु:ख आएपछि नै सुखको
महत्व हुन्छ यहाँ
विछोड पछि नै
मिलनको व्याकुलताले छुन्छ यहाँ
समय शुभ शुभ भएर आओस
काँडा विच नै फुलले सुगन्ध छाओस
समय शुभ शुभ भएर आओस

मनमा सकारात्मक धारणा छाओस
आगनीमा फुलेको त्यो फुलले
गोडमेल पावस
हजार ती मिठा सपनाले
सपनाको आफनै शहर समाओस
मनका कोठा -कोठामा
झलमल्ल उज्यालो छाओस
समय शुभ शुभ भएर आओस

कर्म गरेर
जीवनका रंडगहरुमा रमाउन सकियोस
आफना दु:खलाई माया गरेर आर्थिक समृद्धि
समाउन सकियोस
दयाले भरेको यो हृद्धय बनाउन सकियोस
सत्य नै धर्म हो
धर्म नै दया हो भन्ने जनाउन सकियोस

निर्मला सापकोटा सन्जेल
कोसिस मल्टिमिडिया

तपाईको प्रतिक्रिया