२० मिनेटमै अनुहारलाई आकर्षक बनाई सुनौलो चमक ल्याउने बिधिबारे जानकारी

कोशिस मल्टिमेडिया
८ महिना पहिले
२० मिनेटमै अनुहारलाई आकर्षक बनाई सुनौलो चमक ल्याउने बिधिबारे जानकारी

एजेन्सी – मंसिर १५ काठमाण्डौं ।सबैजना अनुहारको दाग , खटिरालाई हटाई सुन्दर अनुहार बनाउन चाहन्छन् । तपाईं पनि पक्कै पनि राम्रो विधिको खोजमा हुनुहुन्छ होला रु यसो हो भने चिन्ता नलिनुहोस् । आज हामी तपार्इंलाई २० मिनेटमै अनुहारलाई आकर्षक बनाई सुनौलो चमक ल्याउने बिधिबारे जानकारी दिन्छौं।
१. सबैभन्दा पहिला गुलाब जललाई कपासमा हालेर अनुहारलाई सफा गर्नुहोस् ।

२.आधी गोलभेडामा थोरै चिनीलाई छर्कनुहोस् । त्यसपछि यसलाई २–३ मिनेटसम्म अनुहारमा दल्नुहोस् । यसले तपाईंको मरेको छालाको तहलाई अनुहारबाट हटाउन मद्धत गर्दछ ।
३. त्यसपछि २ चम्चा गोलभेडाको जुसमा २ चम्चा घ्युकुमारीको रस तथा थोरै तेल र भिटामिन ई हालेर राम्ररी मिसाउनुहोस् । र यस मिश्रणले अनुहारमा ५ मिनेटसम्म मालिस गर्नुहोस् ।

४. त्यसपछि २ चम्चा चामलको पिठोमा २ चम्चा गोलभेडाको रस र थोरै थोपा कागतीको रसलाई मिसानउनुहोस् । यदि धेरै बाक्लो मिश्रण बनेमा यसमा थोरै गुलाबजललाई पनि मिसाउन सक्नुहुन्छ । त्यसपछि यसलाई अनुहारमा दल्नुहोस् । र १५ मिनेटको लागि त्यसै छोड्नुहोस् ।

५. सफा पानीले मुख धुनुहोस् । यस विधिको परिणामस्वरूप तपाइंको अनुहार आकर्षक देखिनेछ

तपाईको प्रतिक्रिया