मेरी साहसी आमा

कोशिस मल्टिमेडिया
१२ महिना पहिले
मेरी साहसी आमा

आमा संसारकै प्रिय शब्द । रूडयार्ड किप्लिङले भनेका छन् भगवानले सबै तिर हेर्न सक्दैनन् त्यसैले उनले तपाईंका लागि आमा बनाए । वास्तवमै आमाले गर्भमा आफनो सन्तान आउदाका दिन देखी नै पिडा भोगेकी हुन्छिन् । जुन कुरा हामीले आमा बन्ने अवस्थामा आइपुग्दा थाहा पाएका हुन्छौ । गर्भमा बच्चा चल्दा मेरो सन्तान गर्भ भित्र स्वस्थ्थ छ भन्ने भाव बोकेकी आमाले बच्चा एकछिन नचल्दा के भयो होला ? मेरो बच्चालाई भित्र भनेर चिन्तित हुने पनि आमा नै हुन । स्वयम भित्रको संसारलाई निर्धक्क नियाल्न सक्ने सामथ्र्थ मात्रै आमा सँग हुन्छ । त्यसैले अब्राहम लिंकनले भनेका छन् कि ममतामयी आमा साथमा हुने मान्छे कहिल्यै पनि गरिब हुँदैन् ।
मेरी तिनै आमाले मलाई पनि मंसिरको चिसो रातमा  उनि १७ बर्ष कलकलाउदो उमेर हुँदा १०४ डिग्रिको ज्वरो सहेर यस धर्तिमा जन्म दिइन् । लाखौ -लाख शुभकामना मेरी आमालाई छोरी भु्रणमा मैले गर्भबाटै बाटो लाग्नु परेन किनकी म उनकी पहिलो सन्तान थिए ।

मेरी आमा धनकुटा जिल्लाको परेवा दिनमा पाँच जना छोराछोरीमा जेठि सन्तानकै रुपमा जन्मीएकी आटीली र साहसी स्वभावकी परिवारममा सबैकी प्रिय थिइन् । जुन मैले लामो समय मामाघरमा बसेर थाहा पाएकी थिए ।
उनलाई घास काट्न, घरको काम गर्न होस या पढन कसैले उछिन्न नसकेको कुरा मैले धेरै सुन्न पाउथे । तर छोरीले धेरै पढन हुदैन् भन्ने मानसिक्ता बोकेको हाम्रो समाजले ८ कक्षा पढदा पढदै उनी मेरा बुबा सँग वैवाहिक वन्धनमा बाधिइन् ।
एउटा मध्यस्थ परिवारमा सुख सयलमै हुर्केकी आमालाई कपडा उधोगको मासिक ४ चार सयको आम्दानी रहेको बुबाको सानो झुपडीमा  २०३६ सालमा उनि पुगिन । दु:खका निक्कै पराकाष्ट झेलेको बताउछिन् । तर पनि हरेश नखाई २४ बर्षमा चार सन्तानकी आमा भइन् । बुबा परिवारको छोरोमा कान्छो । अल्लारे स्वभाव जुन हामी ठूलो हुँदा सम्म पनि देखेका थियौ । तरपनि सबै भन्दा उत्कृष्ठ चिज भनेको नै मेरा बुबामा प्रेम थियो । जस्ति रिसाएकी आमा पनि उनि फकाउन सक्थे ।छोराछोरीको असाध्यै राम्रो ख्याल राख्थे ।

मेरी आमा रातमा टुकि बत्ति बालेर प्रौढ शिक्षा पढाउथिन् । चार सन्तान जन्माएर पछि उनले नगरपालिकाले सिकाएको सिलाईमा दोस्रो स्थान ल्याएर हेटौडा कपडा उधोग भित्रको स्कुलका बच्चाहरुको लुगा पनि सिलाइन् ।
हामीलाई मास्टर झै भएर १ देखी ५ कक्षा सम्म सातो जानेगरी पढाइन् । पढेन भने टाउको तल खुटटा माथी पारेर इनारमा झुण्डाउछु भन्ने धम्किले हामीले  परिक्षा सकिएर बाहिर निस्किदा सबै प्रश्न -पत्र तयार भएर घर फर्किनु पथ्र्थो ।
मलाइ आठ बर्ष मै खाना पकाउन सिकाइन् । आउदैन भन्दा एक दुई चोटि काचो होला के फरक पर्छ र ? भनेर लगाको लगाइ सिकाएरै छाडीन । आफुले खाएको भाडा माझन पर्छ भनेर सानै उमेर मै सिकाइन । कुटेर पिटेर काम र पढाइ दुबै लगाएर यति पाको बनाइन की म ११ बर्षकी हुँदा दुई जना पाउना आएपनि पकाएर भान्सा उतार्थे भने १४ बर्षमा २५ जना खेतालालाई सम्म खाजा वनाउन सक्थे ।

मेरी यस्ति आमाले  धेरैवटा गाई भैसी  अति नै रमाउदै पालेर रेडियो नेपाल देखी छलफल पत्रिका सम्म जागरीली महिला भनेर आपmनो अन्तरवार्त दिने अप्सर पाइन् ।

अन्तिममा उनलाई व्यावसाय फाब्यो ।  बोल्नमा पोख्त र आत्मा विश्वासले भरीएका काममा उतिनै जागर राख्ने रमेरा बुबा पढाइ कम भएपनि हिसाव किताबमा मायुर भएकाले दुबै मिलेर त्यहि व्यवसाय नै परिवारको ठूलो व्यवस्थापन मिलाए ।
आज मेरी आमा उनि सासु आमा भइसकेकी छन् । तरपनि बुहारी र छोरी बराबरी हो भन्ने संस्कारमा आफुलाई उतारेकी छन् । सकारात्मक सोचले हरेक कठिन घडिलाई सामान्य बनाउने मेरी आमाको कोखमा सदैब बास मिलोस ।

तपाईको प्रतिक्रिया