नौबीसेको जामका कारण एक बिरामीको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नौबीसेको जामका कारण एक बिरामीको मृत्यु

Share

नारीकोसिस डटकम/असोज १०, धादिङ । नौबीसेको जामका कारण एकको मृत्यु भएको छ ।

रौतहटबाट उपचारका लागि काठमाडौ आउदैं गरेका मृगौलापीडित ३५ बर्षीय रूपलाल शाहको रातभरको सडक जामले धादिङको थाक्रे ६ महादेबबेशीस्थित पृथ्वी राजमार्गमा बस भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आर्थिक अभावका कारण एम्बुलेन्समा आउन नसकेर बसमा यात्रा गर्दै आएका शाहको जाममा बसभित्रै मृत्यु भएको हो । केही दिन देखि नौविसे नागढुङगा सडक खण्डमा धादिङ तर्फ २२ किलोमिटरसम्म जाम हुने गरेको छ ।

एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।

तपाईको प्रतिक्रिया