मुलुकको समृद्धिका लागि छुट्टा–छुट्टै हिडेर सम्भब छैनः उपसभामुख राधिका तामाङ

नारीकोसिस डटकम/असोज १२, रसुवा । प्रदेश नम्बर तीनकी उपसभामुख राधिका तामाङले तीनै तहका सरकार तथा जनप्रतिनिधीहरुलाई दोहो¥याएर संविधान अध्ययन गर्न सुझाएका छन् ।
सुन्धारा युवा क्लव रसुवाले शुक्रबार आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उदघाटन गर्दै उपसभामुख तामाङले मुलुकको समृद्धिका लागि छुट्टा–छुट्टै हिंडेर संभव नहुने भन्दै विकासको सवालमा सत्तापक्ष र प्रतिपक्ष नबन्न सबै राजनीतिक दललाई आग्रह गर्दै तीनै तहका सरकार एकतावद्ध ढंगले विकास निर्माण कार्यमा अघि बढ्नपर्ने बताएकी हुन् ।
“संविधानले दिएको अधिकार क्षेत्र भित्र रही समन्वय गरेर जानुको सट्टा एक्ला एक्लै दौडिन खोज्दा समस्या हुन्छ, उहाले भन्नु भयो, “नेपालको संघीयता विशिष्ट प्रकृतिको भएकाले तीनै तहले एक अर्काको अस्तित्व स्वीकार्दै सहकार्य गरेर जानु अपरिहार्य छ ।”
युवा तथा खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सामाजिक विकास मन्त्रालयबाट राम्रो योजनाहरु ल्याएको भन्दै त्यसको प्रभावकारी कार्यन्वयनका लागि स्थानीय सरकार र युवाहरुको एकताबद्ध प्रयत्न हुनुपर्ने उनको सुझाव थियो।
जिल्ला भरीका क्लवहरुबाट २० टीम सहभागि रहेको उक्त खेल असोज १० गतेबाट सुरु भई १८ गते सम्पन्न हुनेछ ।



तपाईको प्रतिक्रिया