
नयाँ दिल्ली । तमिलगा वेत्री कझगम (टीभीके)का अध्यक्ष सी.जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन् । उनको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै तमिलनाडुमा डीएमके र एआईएडीएमकेले करिब ६ दशकदेखि कायम राखेको राजनीतिक वर्चस्व अन्त्य भएको छ ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईस्थित चेन्नईको जबाहरलाल नेहरु स्टेडियममा मा आयोजित विशेष समारोहबीच विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिहान १० बजे सुरु भएको कार्यक्रममा टीभीकेका वरिष्ठ नेतासहित नौ जनाले मन्त्री पदको शपथ लिए ।
मुख्यमन्त्री विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन् । राज्यपाल अर्लेकरले उनलाई मे १३ भित्र वा सोअघि नै तमिलनाडु विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन् ।
मन्त्री पदको शपथ लिनेहरूमा बुसी एन। आनन्द, आधव अर्जुन, के।जी। अरुणराज, के।ए। सेनगोटैयन, पी। वेंकटरमणन, सी।टी।आर। निर्मलकुमार, ए। राजामोहन, टी।के। प्रभु र एस। कीर्तना रहेका छन् ।
शपथ ग्रहण समारोहमा राहुल गान्धी लगायत विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । टीभीकेलाई अहिले १२० विधायकको समर्थन रहेको बताइएको छ । तमिलनाडु विधानसभामा सरकार टिकाउन ११८ विधायकको समर्थन आवश्यक पर्ने व्यवस्था छ ।
इन्डियन युनियन मुस्लिम लिग ९आईयूएमएल० ले पनि विजय नेतृत्वको सरकारलाई निःशर्त समर्थन घोषणा गरेको छ । गठबन्धनमा सहभागी दलका विधायकहरूको समर्थनपछि विजयले स्पष्ट बहुमत सुनिश्चित गरेका हुन् ।
यसअघि शनिबार साँझ विजयले राज्यपाल अर्लेकरलाई भेटेर १२० विधायकको समर्थन पत्र बुझाएका थिए । त्यसपछि राज्यपालले टीभीकेलाई सरकार गठनका लागि औपचारिक अनुमति दिएका थिए । यससँगै केही दिनदेखिको राजनीतिक अन्योल अन्त्य भएको छ ।
फिल्म क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका विजयले छोटो समयमै जनसमर्थन विस्तार गर्दै तमिलनाडुको राजनीतिमा नयाँ शक्ति स्थापित गरेका छन् । उनको नेतृत्वमा बनेको सरकारलाई दक्षिण भारतीय राजनीतिमा ठूलो राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ ।












समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो