पेटको वोसो घटाउन गर्नुपर्ने शारिरिक व्यायाम

नारीकोसिस डटकम । शहरी जीवनशैली तथा आधुनिक जीवनशैलीमा कम शारीरिक अभ्यासका कारण पेटमा वोसो जम्मा हुन्छ । पेटमा वोसो जम्मा भएपछि हाम्रो पेट अनाश्यक रुपमा वाहिर निस्कने वा सामान्य वालीचालीको भाषामा भन्दा पेट लाग्ने गर्दछ । जति सजिलै पेट लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । तर यदि नियमित व्यायाम गर्ने हो भने शरिरलाई फिट राख्न सकिन्छ ।
पेट घटाउनका लागि केही टिप्सहरु तल प्रस्तुत गरिएको छः
लेग लिफ्ट
लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा भुइँमा उत्तानो पल्टने र दुवै हात भुइँमा सीधासँग राख्ने। दुवै खुट्टा सीधा बनाएर भुइँदेखि कम्मरको सीधा उचाल्नुपर्छ।
बाइसाइकल
बाइसाइकल १५ रेप्स ३ सेट्सः यो व्यायाम लेग लिफ्टकै पोजिसनमा सुतेर साइकल चलाएको तरिकाले खुट्टा चाल्नुपर्छ ।
अल्टरनेटिङ लेग लिफ्ट
अल्टरनेटिङ लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यस स्टेपमा दुवै खुट्टा सीधा बनाउने र पालैपालो तल–माथि पार्ने।
सिजर्स
सिजर्स १५ रेप्स ३ सेट्सः यो स्टेप गर्दा दुवै खुट्टा कैँची स्टाइलमा चलाउने।
रक क्लाइम्बर
रक क्लाइम्बर १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा पोजिसन चेन्ज गर्नुपर्छ। शरीरलाई घोप्टो बनाएर दुवै हातले जमिनमा टेक्ने र खुट्टा चलाउने अर्थात् हिँडेजस्तो गर्नुपर्छ।
पेल्भिक लिफ्ट
पेल्भिक लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम उत्तानो पोजिसनमा दुवै खुट्टा र कुहिनाले जमिनमा टेक्ने र कम्मरलाई माथितिर उठाउने र जमिनतिर अर्थात् तल–माथि गर्ने।
एल्बो टु नी क्रन्चेच
एल्बो टु नी क्रन्चेच १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा उत्तानो ढल्कने र घुँडा खुम्चाउने। एउटा खुट्टा अर्को घुँडामाथि राख्ने र दुवै हात टाउकोपछाडि राखेर टाउको उठाउने अनि कुहिनाले घुँडा छुने। यसरी दुवैपट्टि पालैपालो गर्ने।
लेग होल्ड
लेग होल्ड १५ रेप्स ३ सेट्सः यो व्यायाममा उत्तानो पोजिसनमा खुट्टालाई जमिनभन्दा माथि उठाएर होल्ड गर्नुपर्छ। यी माथि उल्लिखित व्यायाम नियमित रूपमा गर्नुभयो भने पेट घट्नुका साथै ‘टाइट’ हुन्छ। नियमित व्यायाम गर्न थालेको १५ दिनदेखि शरीरमा आएको फरकपन थाहा पाउनुहुन्छ। यसले तपाईंलाई रिफ्रेस पनि बनाइराख्छ ।
तपाईको प्रतिक्रिया