
उमेर बढेसँगै कामको व्यवस्ताले गर्दा हामीले हाम्रो स्वास्थ्यमा खासै ध्यान पाईरहेका हुदैनौ । जसले गर्दा शरीर भद्धा देखिने देखि लिएर मोटोपनको समस्यालो सताउन थाल्दछ । त्यसैले हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुको विकल्प छैन । सामन्यतया हामीले दैनिक खाने कुरामा ध्यान दिन जरुरी हुन्छ । कसरी के खान्छौ भन्ने कुरा ध्यान दिनु महत्वपूर्ण हुन्छ ।
के खाने त ?
ड्राई फ्रुट्स, अन्न, मासु, अण्डा, सागसब्जी, तरकारी, फलफूलमा भरपूर मात्रामा एन्टीअक्सिडेन्ट तत्व पाईने भएकाले यी तत्व पाईने खानेकुराहरु समावेश गर्ने ।
दिनमा कम्तीमा एक कप ग्रीन टीको सेवन गर्ने जसले स्मरणशक्ति कमजोर हुनबाट बचाउछ ।
शरीरलाई सक्रिय राख्न खानामा कन्ट्रोल गर्नुपर्छ । यसको लागि जति भोक लागेको छ, त्यसको अनुपातमा ८० प्रतिशत मात्र खानाको सेवन गर्नु पर्छ ।
दहीमा क्याल्सियम हुने भएकोले यसले ओस्टियोपोरोसिसको समस्याबाट बचाउँछ । त्ससैले, दिउँसोको खानामा एक कचौरा दहीको सेवन निकै लाभदायक मानिन्छ ।
जीवनशैलीमा कसरी परिवर्तन गर्ने
दिमागलाई सक्रिय राख्नका लागि पनि नयाँ नयाँ कुरा सिक्नु राम्रो हुन्छ र्। तर्सथ दिमागलाई सधैभरी व्यस्त राख्ने ।
सुत्दा छालाको कोषिका मर्मत हुन्छ जसले अनुहारमा चाउरीपना आउन दिदैन । त्यसैले दिनमा कम्तीमा सात देखि आठ घण्टा सुत्न जरुरी हुन्छ ।
सोचाईले पनि तपाईको स्वास्थ्यमा प्रभाव पार्ने भएकोले जहिले सकारात्क सोच्नुपर्छ र आफूलाई सधैभरी खुशी एंव उत्प्रेरित गर्न जरुरी छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु