
मंसिर–१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिको वडा नम्वर नौ चिप्लेगौडामा स्वास्थ्य चौकी भवन निर्माणको लागि भवन शिलान्यास भएको छ । नेपाल रेडक्रस सोसाईटीको सहयोगकमा बन्न लागेको उक्त स्वास्थ्य चौकीको शनिवार नेपाल रेडक्रस सोसाईटीले एक औपचारीक कार्यक्रम आयोजना गरी शिलान्यास गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरी थापा र विशेष अतिथि तथा रेडक्रस सोसाईटिका केन्द्रिय अधक्ष्य संजिव थापा सोही नगरपालिकाका उपमेयर विन्दु पुडासैनी सिंखडा, वडा अध्यक्ष कुन्दन खड्काले संयुक्त रुपमा भवन शिलान्यासको उद्घाटन गर्नु भएको हो ।


कार्यक्रममा सोहीवडाका स्थानीय जनप्रतिनिधहरु अतिथिका रुपमा र स्थानिय बासिन्दाको उत्साहाजनक उपस्थित थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटि काठमाडौं जिल्ला शाखाका सभापति मथुर राम श्रेष्ठको अधक्ष्यतमा सम्पन्न भएको हो ।
स्वास्थ्य चौकी निर्माणपश्चात स्थानीय जनताले प्रत्यक्षरुपमा लाभ लिन पाउनेछन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु