
रतन टाटा सफल व्यवसायी हुन् । टाटा गु्रपका पूर्व अध्यक्ष उनी प्रतिष्ठित राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुन् । विशेष गरी उनी बिजनेस इथिक्सको लागि चिनिन्छन् ।
-म सधैं सही निर्णय लिइनुपर्छ भन्नेमा विश्वास राख्दिन । म निर्णय लिन्छु र त्यसलाई सही बनाएर छोड्छु ।
-हामीमा समान प्रतिभा हुँदैन । तर आफ्नो प्रतिभालाई उजागार गर्नको लागि समान समय र अवसर हुन्छ ।
-मानिसहरुले तिमीमाथि फ्याँकेका ढुङ्गाहरुलाई जम्मा गर र ती प्रहारहरुको लागि स्मारक निर्माण गरीदेउ ।
-फलामलाई अरु केही कुराले बिगार्न सक्दैन, तर त्यसकै खियाले बिगार्छ । त्यसरी नै व्यक्तिको जीवनलाई अरु केही कुराले बिगार्न सक्दैन, स्वयम् त्यही मानसिकताले बिर्गाछ ।
-अरुको नक्कल गर्ने व्यक्ति केही समयसम्म सफल देखिएला तर उ अगाडी बढ्न भने सक्दैन ।
-म सफल व्यक्तिलाई देख्दा खुशी हुन्छु । तर त्यो सफलता अरुप्रति निष्ठुर व्यवहारका साथ प्राप्त गरिएको हो भने म त्यो सफल व्यक्तिलाई सम्मान गर्न सक्दिन ।
-छिटो हिड्न चाहन्छौं भने एक्लै हिंड । धेरै पर पुग्न चाहन्छौ भने साथमा हिंड ।
-पैसा र शाक्ति मेरो जीवनको प्राथमिकतामा पर्दैनन् ।
-कम्पनी अथवा संस्थालाई सधैं चुनौती दिइरहनुपर्छ । तब मात्र संस्था अगाडी बढीरहन सक्छ ।
-मानिसहरु अझै पनि विश्वास गर्छन् कि, उनीहरुले पढेका र सुनेका कुरा सत्य हुन् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो